सिन्धुलीमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य
सिन्धुलीमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य
    • बेल संचार

    • १७ जेष्ठ २०८०, बुधबार

Print

  
    सिन्धुली,
सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ ।

बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए ।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुघृट्नाबारे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित