भन्सार छली चोरीपैठारी गरी ल्याएको खाद्यान्न तथा कपडा बरामद
भन्सार छली चोरीपैठारी गरी ल्याएको खाद्यान्न तथा कपडा बरामद
    • बेल संचार

    • १७ जेष्ठ २०८०, बुधबार

 काठमाडौं । 

भन्सार छली चोरीपैठारी गरी ल्याएको खाद्यान्न तथा कपडा जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वा बस्ने लालबाबु साहको २ तले पक्की घरमा कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले काजु, लत्ताकपडा, खुला पापड, ल्वाङ, सर्टको थान कपडा लगायतका मालवस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृत रूपमा भण्डारण गरेको फेला परेपछि बरामद गरिएको हो ।

स्थानीय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा काजु–४०० किलोग्राम, सर्ट थान कपडा २२५७ मिटर, खुला पापड १४७ किलोग्राम, ल्वाङ ७२ किलोग्राम, हुक्काको फ्लेवर ४६ प्याकेट गरी जम्मा ११ लाख ६६ हजार ७९० रुपैयाँ बराबरका मालवस्तुहरू बरामद गरी बुधवारै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित