प्रधानमन्त्री दाहालले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
प्रधानमन्त्री दाहालले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
    • बेल संचार

    • १८ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्।

आज बिहान राजघाटस्थित गान्धीको समाधीस्थल पुगी प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गरेका हुन्।

समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ।

भेटमा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन्।

साताकाे चर्चित
सम्बन्धित