तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता
तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता
    • Bell Sanchar

    • १८ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ ।

मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।

मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए ।

मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् ।

ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाएर सीताको बलमा विन्दू रावलबाट क्याचआउट भइन् ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अइना नज्वा ९ रनमा अविजित रहिन् ।

नेपालका लागि आजको खेलमा सरस्वती कुमारी चौधरीको स्थानमा इश्वरी विष्टले राष्ट्रिय टिममा डेब्यु गरेकी छन् ।

उनले आजको खेलमा डेब्यु गर्दै ४ ओभर बलिङ गर्दै १६ रन खर्चेकी हुन् । बाँया हाते स्पिनरको इश्वरी घरेलु क्रिकेटमा सुदुरपश्चिमबाट खेल्छिन् ।

साताकाे चर्चित
सम्बन्धित