तामाकोशीसहित १२०० मेगावाट बिजुली किन्न भारतलाई प्रधानमन्त्री दाहालको आग्रह, ५० मेगावाट बंगलादेश निर्यात
तामाकोशीसहित १२०० मेगावाट बिजुली किन्न भारतलाई प्रधानमन्त्री दाहालको आग्रह, ५० मेगावाट बंगलादेश निर्यात
    • बेल संचार

    • १८ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपर तामाकोशीसहितका आयोजनाबाट थप १२०० मेगावाट बिजुली खरिदका लागि भारतलाई आग्रह गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान र प्रतिनिधिमण्डल स्तरमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी गराएका हुन् ।

‘अपर तामाकोशीसहितका आयोजनाको थप १२०० मेगावाट बिजुली आयातका लागि आग्रह गर्दा सकारात्मक जवाफका लागि मोदीजीलाई धन्यवाद,’ प्रचण्डले भने ।

साथै उनले भारतको बाटो हुँदै ५० मेगावाट बिजुली बंगलादेश निर्यातका लागि समेत सहमति भएको खुलाए ।

‘भारतीय बाटो हुँदै ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सहमति भएको छ । यसलाई तीन देशबीच छलफल गरेर छिट्टै कार्यान्वयनमा ल्याइने छ,’ प्रचण्डले थपे ।

साताकाे चर्चित
सम्बन्धित