द्यारपाटा गाउँका मानिस बिरामीले थला परेपछि जुम्लाबाट स्वास्थ्यकर्मीको टोली घरघरमा पुग्यो
द्यारपाटा गाउँका मानिस बिरामीले थला परेपछि जुम्लाबाट स्वास्थ्यकर्मीको टोली घरघरमा पुग्यो
    • उमेश बुढा

    • १९ जेष्ठ २०८०, शुक्रबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ द्यारपाटा गाउँनै बिरामीले थला परे पछि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट स्वास्थ्यकर्मीको टोली बिहीबार गाउँमा पुगेर प्रत्येकको घरघरमा गएर परिक्षण गरेको छ ।

लगभग ११५ जति घरधुरी भएको गाउँमा १८० जना बिरामीलाई एन्टिजनबाट परिक्षण गर्दा सबैको नेगेटिभ आएको हाटसिँजा स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो ।

कनकासुन्दरी गाउँ पालिका स्वास्थ्य शाखाले इन्चार्ज उपाध्यायलाई बिरामी परेको गाउँमा र जनस्वास्थ्य सेवा कार्यालय जुम्लामा पहल गरेर बिरामीको उपचारको लागि खटाइएको थियो ।

उनका अनुसार बिरामीको घरघरमा पुग्दा पातलो सिँगान बग्ने, ज्वरो आउने, टाउको दुस्ख्ने, खोकी लाग्ने, शरीरका जोर्नीहरु दुख्ने , खाना खान मन नलाग्ने, वाकवाकी लागेर बान्ता हुने जस्ता लक्षण देखा परेको उपाध्यायले बताए ।

कोरोना रोगका लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिएकाले एन्टिजन प्रविधीबाट १८० जनाको परिक्षण गर्दा सबैको नेगेटिभ देखिएको छ ।

बिरामी हुने घरहरुको खानपान, सौचालय, खानेपानीको धारो, घर वरिपरीको वातावरण कस्तो छ र बिरामी हुनु अगाडि छिमेकीका गाउँसँगको सम्बन्ध के थियो भन्ने बिषय सम्बन्धि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट आएको स्वास्थ्यकर्मीको टोलीले परिक्षण गरेको छ ।

जिपी पद्धतिबाट बिरामीको अनलाइन फर्म भन्ने काम पनि भएको उपाध्यायले भने, यो पद्धतिबाट पनि कुन रोग हो भन्ने थाहाँ पाउनको लागि यो फर्म भरेको उपाध्यायले बताए ।

द्यारपाटा गाउँका मानिस बिरामी भएको लगभग दुइ साता भन्दा बढि भइसकेको छ । गाउँ नै बिरामी परे पछि त्यहाँका मानिस कुन रोगले गर्दा यसरी ग्रस्त भएका हौँ भनेर त्यहाँका मानिस चिन्तित भएका थिए ।

यसको केहि दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि डाक्टरको टोली द्यारपाटा गाउँमा पुगेर बिरामीको परिक्षण गरेको थियो ।

गाउँमा कसरी फैलियो, कुन रोग हो भन्ने बिषय सम्बन्धि स्वास्थ्यकर्मीको टोलीले बारम्बार स्वास्थ्यकर्मी गाउँमा पुगेर पत्ता लगाउनको लागि अनुसन्धान र परिक्षण गरि रहेको छ ।
द्यारपाटा गाउँ नै बिरामी परेपछि अर्को छिमेकी गाउँलाई नसरोस् भन्ने उदेश्यले र बिरामी परेका व्यक्तिलाई बचाउनको लागि यो पर्यास गरि रहेको छु उपाध्यायले भने ।

कोरोनाको खोप छुटेकालाई खोप लगाउने गरेको र बिरामीको लक्षण बुझेर औषधी दिने लगायतका सेवा घरमै पुगेर उपचार गरेको इन्चार्ज उपाध्यायले जानकारी दिनु भयो ।

साताकाे चर्चित
सम्बन्धित