सुदूरपश्चिका मुख्यमन्त्री शाहले बजेटको बेला अनावश्यक भेटघाट नगर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन
सुदूरपश्चिका मुख्यमन्त्री शाहले बजेटको बेला अनावश्यक भेटघाट नगर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन
    • Bell Sanchar

    • १९ जेष्ठ २०८०, शुक्रबार

धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अगामी आर्थिक वर्षको बजेटको बेला अनावश्यक भेटघाट नगर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री, सचिव र विभिन्न कार्यालयका कर्मचारीबीच बिहीबार आयोजित कार्यशालामा उनले अगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका सम्बन्धमा अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका हुन् ।

शाहले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत नहुँदासम्म सबै मन्त्री, लोकसेवा आयोग, नीति तथा योजना आयोग, सबै मन्त्रालयका सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेशसभामा सरकारले योजना खरिदबिक्री गरिरहेको भन्दै प्रश्न उठाएका थिए ।

साताकाे चर्चित
सम्बन्धित