सिँजा गाउँपालिका स्तरीय चित्रकला प्रतियोगितामा मालिका मावि धापा प्रथम
सिँजा गाउँपालिका स्तरीय चित्रकला प्रतियोगितामा मालिका मावि धापा प्रथम
    • उमेश बुढा

    • २० जेष्ठ २०८०, शनिबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका स्तरीय चित्रकला प्रतियोगितामा मालिका माध्यमिक विद्यालय धापा छात्रा तर्फ र छात्र तर्फ दुबैमा प्रथम भएको छ ।

चित्र डाँफे, लालिगुँराउस , निशान छापा, गाई, झण्डा, हिमाल, सगरमाथा लगायतका चित्रले राष्ट्रिययता झल्काउने चित्र बनाउनेमा प्रतिस्पर्धामा मालिका माध्यमिक विद्यालय धापाका छात्र भिमराज कामी प्रथम, भैरव माध्यमिक विद्यालय नराकोका छात्र बिशाल रोकाया द्वितिय, माध्यमिक विद्यालय चुलेलगाउँका छात्र तपेन्द्र सार्की तृतीय र माध्यमिक विद्यालय जोडूले सान्त्वना हुनु भएको सिँजागाउँ पालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताउनु भयो ।

छात्रा तर्फ प्रथम मालिका माध्यमिक विद्यालय धापाकी नविसा रावल, द्वितिय भैरव मावि नराकोटकी प्रेरणा रोकाया, तृतीय मावि गोठिपिगीकी झरना शाही र सान्तवना मावि जोडुकी संगिता रहनु भएको धितालले बाताउनु भयो ।

सबै बिद्यार्थीको एउटै इच्छा आकाङक्षा हुदैन् विद्यार्थीलाई अन्य कलाले पनि शिक्षा प्राप्त गर्नको लागि पालिकाले शुक्रबारका दिन पालिका स्तरीय विभिन्न कार्यक्रम गरेर प्रतिस्पर्धा गराउँदै आएको उपाध्यक्ष सितली रोकायाले बताइन् ।
पालिका भित्रका ६ वटा मावि स्तरीय बिच चित्रकलाको प्रतिस्पर्धा गराएको रोकायाले भनिन् । आर्थिक सहयोग सिँजा गाउँपालिका र आयोजक कैलाश मावि फुग्र रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित