सिरिज जित्न नेपालले ११० रनको लक्ष्य पछ्याउँदै
सिरिज जित्न नेपालले ११० रनको लक्ष्य पछ्याउँदै
    • Bell Sanchar

    • २१ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

मलेसियाविरुद्ध पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १ सय ९ बनाउको हो ।

मलेसियाका लागि वान जुलिया रोस्दीले रन ४७ तथा महिराह इस्माइलले २० रन बनाए । विनिफ्रेड अन्नी २४ रन बनाएर आउट भइन्।

नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिए ।

आजको खेल जित्ने टोलीले सिरिज जित्नेछ । यसअघिका चारमध्ये २ खेल नेपाल तथा २ खेल मलेसियाले जितेको थियो ।

साताकाे चर्चित
सम्बन्धित