नेप्से उच्च अंकले बढ्यो
नेप्से उच्च अंकले बढ्यो
    • Bell Sanchar

    • २१ जेष्ठ २०८०, आईतवार

 काठमाडौं ।

अर्थ मन्त्रालयले नै प्राकृतिक व्यक्तिले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने बताएपछि सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्न चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलका लागि मन्त्रालय गएका थिए ।

छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली सहितको उपस्थिति रहेको थियो । छलफलमा प्राकृतिक व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो ।

आर्थिक विधेयक २०८० मा आएको ३ वर्षको आय विवरण दाखिला गरी कर तिर्दा ५० प्रतिशत छुट र त्यसअगाडिको सबै छुट हुने व्यवस्था कार्यान्वयन नगर्ने सहमति भएर मन्त्रालयको राजस्व महाशाखाले सूचना प्रकशित गरेको छ ।

सहमतिपछि कारोबार सुरु भएको बजारमा बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । यो समाचार तयार गर्दै गर्दा १२ बजर ५९ मिनेटसम्म नेप्से ३४.४१ अंकले वृद्धि हुँदा १९००.७६ अंकमा छ ।

१५ जेठमा आर्थिक विधेयक आएपछि १६ जेठमा ५३ अंक र १७ जेठमा करिब ३९ अंकको गिरावट भएको नेप्से १८ जेठमा भने १६.५५ अंकको वृद्धि भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित