कर्णाली र बागमतीलाई रग्बी उपाधि
कर्णाली र बागमतीलाई रग्बी उपाधि
    • Bell Sanchar

    • २२ जेष्ठ २०८०, सोमबार

 काठमाडौ ।

कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बागमतीले आर्मीलाई २१–५ स्कोरले हरायो । दुवै समूहका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार हात पारे । पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए ।

उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार पाए । विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य हिक्मत थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिलामा समान ७–७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ ।

साताकाे चर्चित
सम्बन्धित