धारिलो हतियार प्रयोगगरी दम्पतीको विभत्स हत्या
धारिलो हतियार प्रयोगगरी दम्पतीको विभत्स हत्या
    • Bell Sanchar

    • २३ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पती विभत्स हत्या भएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए । उनीहरूको सोमवार राति हत्या भएको हो ।

उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोगगरी हत्या भएको सिलवालल बताए ।

उनीहरूको घर गाउँकै बैरिहवामा हो । घरमा छोरीछोरीहरू बस्दै आएका थिए ।

उनीहरू भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

सोही गोठमा उनीहरूको हत्या भएको हो । हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो ।

खेतिपाती गर्दै आएका दम्पत्तिको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित