नेप्से ४.६८ अंकले वृद्धि
नेप्से ४.६८ अंकले वृद्धि
    • बेल संचार

    • २४ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएपनि लघुवित्त, हाइड्रेपावर उत्पादनमूलक लगायतका उपसूचक बढ्दा नेप्से सामान्य वृद्धि भएको छ ।

बुधबार म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्याटन उपसूचक ०.४६ प्रतिशत र बैंकिङ उपसूचक गिरावट भएको छ ।

यता व्यापार उपसूचक सर्वाधिक ४.९७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक १.२२ प्रतिशत र विकास बैंक उपसूचक १.१४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । करिब १८०० अंकको विन्दुमा सेयर किनेका लगानीकर्ताले बुधबार नाफा बुक गर्न खोज्दा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि बढेको हो ।
मंगलबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार बढेर २ अर्ब ३६ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।
४१ हजार ६१३ वटा कुल कारोबारमा ६५ लाख ४१ हजार ३८८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये सोल्टी होटलको सर्वाधिक १० करोड १३ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ९७ लाख र नागरिक लगानी कोषको ६ करोड ९० लाखको सेयर कारोबार भएको हो ।

साताकाे चर्चित
सम्बन्धित