सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ की ?’ बोलको गीत सार्वजनिक
सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ की ?’ बोलको गीत सार्वजनिक
    • Bell Sanchar

    • २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ की ?’ बोलको गीत सार्वजनिक गरेका छन् ।

बुधवार बेलुका सार्वजनिक लोक आधुनिक शैलीको यो गीतमा गायक शिव परियार र गायिका अनु चौधरीको स्वर छ ।

बसन्त सापकोटाको संगीत रहेको गीतका संगीत संयोजक कृष्ण बि.क हुन् । भिडियोमा बादल मोडल मिस पविसँग प्रस्तुत छन् ।

फोहोर संकलन गर्ने युवक र ठेलामा व्यापार गर्ने युवतीबीचको मायाप्रेमलाई भिडियोको कथा बनाइएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित