अर्थमन्त्री महत , शेयर बजारमा सीमित व्यक्तिले मात्रै कमाउने परम्पराको अन्त्य हुनुपर्छ
अर्थमन्त्री महत , शेयर बजारमा सीमित व्यक्तिले मात्रै कमाउने परम्पराको अन्त्य हुनुपर्छ
    • Bell Sanchar

    • २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं।

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा उनले शेयर बजारमा आम मानिसहरूको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण रहेको बताए ।

त्यसैले बोर्डको जिम्मेवारी र दायित्व बढेको उनको भनाइ थियो ।

५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी रहेको उनले बताए ।

यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नुपर्नेमा उनले जोड दिए ।

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउँदै डा. महतले शेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा शेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरूलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर शेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो’ उनले भने, ‘शेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्‍याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन’, डा. महतले भने ।

साताकाे चर्चित
सम्बन्धित