आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा , मेयर बालेन शाह
आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा , मेयर बालेन शाह
    • Bell Sanchar

    • २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो ।

मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । भारत जानु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको स्रोतले बतायो ।

‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ,’ स्रोतले भन्यो, ‘मेयर शाह बस्ने कुसीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।

’कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका थिए ।

भर्खरै अखण्ड भारतको मुरल नक्सा भारतको नयाँ संसद भवनमा राखिएको बारे थापाले भनेका थिए, ‘अर्को देशले हाम्रो देशका भूभाग मिलाएर साँस्कृतिक नक्सा भन्दै छाप्छ भने नेपालले पनि ग्रेटर नेपाल बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताएका थिए ।’

साताकाे चर्चित
सम्बन्धित