काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका हुन् ।
‘‘बजेटमा ‘फण्डामेन्टल कोर्स करेक्सन गर्नुपर्छ’’ उनले भने । राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको उनको भनाइ थियो ।