शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर
शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर
    • बेल संचार

    • ५ असार २०८०, मंगलवार

 काठमाडौं ।

प्रतिनिधि सभामा आउँदो शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् ।

प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ ।

यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् ।

सांसदहरुले प्रश्न सोध्नका लागि मंगलबार नै पाँच बजेभित्र प्रतिनिधिसभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्नेछ ।

साताकाे चर्चित
सम्बन्धित