नेप्से ४.७५ अंकले वृद्धि
नेप्से ४.७५ अंकले वृद्धि
    • बेल संचार

    • ७ असार २०८०, बिहीबार

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ ।

बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए ।

बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।

बिहीबार अधिकांश होटलको सकारात्मक सर्किट लेवलमा कारोबार भयो ।

तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन प्रालि, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।

सिटिजन्स म्यूचल फण्ड, इङ्वा हाइड्रो, नेष्डो समृद्ध लघुवित्तसहितका लगानीकर्ताले सर्वाधिक गुमाए ।

बिहीबार सोल्टी होटेल, हिमालयन डिष्ट्रलरी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित