काठमाडाैं ।
नाइजेरियाको लागोस शहरले आगामी सात वर्षभित्र १२ हजार विद्युतीय सवारी सञ्चालन गर्ने योजना बनाएको छ ।
लागोस मेट्रोपोलिटन एरिया ट्रान्सपोर्ट अथोरिटीले आगामी सात वर्षमा १२ हजार विद्युतीय सवारी सञ्चालन गर्ने योजना बनाएको छ ।
ती बसहरू चिनियाँ बस निर्माता कम्पनी ईओएम गुटोङले आपूर्ति गर्ने भएको छ ।
ओआन्डो क्लिन एनर्जी लिमिटेड नाइजेरियाको बहुराष्ट्रिय तेल कम्पनी ओआन्डोको सहायक कम्पनीले चार्जिङ पूर्वाधार प्रदान गर्ने नाइजेरियाली अब्जर्बर न्युजले जनाएको छ ।
युटोङका विद्युतीय बसहरू वातानुकूलित र वाइफाइले सुसज्जित हुने छन् ।
पहिलो दुई पाइलट गाडीहरू डेलिभर भइसकेका छन्। बसहरू स्थानीय रूपमा जडान गरिनेछ।