काठमाडाैं ।
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आइतवार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको हो ।
सोमवार कारोबार भएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आइतवारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ ।
आइतवारको तुलनमा करिब १ अर्ब बढीले गिरावट आएको हो । आईतवार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । आइतवारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ ।
जसमा जलविद्युत,जीवन बीमा,निर्जीवन,अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक ११.६९ अंकले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।