धादिङ्ग
सोमबार सिद्धलेक गाउँपालिका पार्टी कार्यालय बुङचुङमा अधिवेशन सम्पन्न भएको हो ।
प्रविन श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन भएको छ । अधिवेशनमा प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी सदस्य एवम् धादिङ्ग जिल्ला इन्चार्ज सगुन थापा मगरले औपचारिक कार्यक्रममा सम्बोधन गर्दै युवाहरुलाई खेलकुद र संगठनमा आवद्ध हुनअभिप्रेरित गर्नु भएको थियो ।
अन्तराष्ट्रियस्तरमा देशलाई चिनाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने गरेको मगरले बताउनु भयो । खेलको माध्यमबाट राष्ट्रको शिर उचो हुने उहाँको भनाइ रहेको छ ।
धादिङ्ग जिल्लामा अझै पनि खेललाई निरुत्साहित गरिएको छ । जिल्लामा खेलाडीहरू असंख्य भएतापनि उनीहरूको क्षमता अभिवृद्धि गर्न र प्रोत्साहन गर्न जिल्लाको स्थानीय सरकार चुकेको उहाँले ठोकुवा गर्नुभयो । जसको फलस्वरूप अहिले सम्म पनि राष्ट्रियस्तरको खेलाडी जिल्लाले उत्पादन गर्नु नसकेको प्रमाण हामीसँग रहेको बताउनु भयो । यसैले महासंघले संगठनमार्फत खेलाडीहरूलाई जोडेर एकबद्ध गरी उनीहरुको क्षमतालाई अभिवृद्धि गर्दै जिल्लामा स्थानीय सरकारसमक्ष खेलाडीहरूको क्षमता अभिवृद्धि साथै खेलाडीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु पहल गर्ने प्रमुख अतिथिले बताउनु भयो ।
यसैगरी कार्यक्रममा नेकपा सिद्धलेक गाउँपालिका पार्टी कमिटी अध्यक्ष कमला शर्मा अधिकारीले खेलाडीहरूलाई खेलमा क्षणिक लाग्ने वा आफ्नो रुची सोचेर लाग्ने मात्र नभई खेललाई नै पेशा बनाएर अगाडि बढ्न युवाहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा महासंघ जिल्ला कमिटी सदस्य एवम् सिद्धलेक गाउँपालिका इन्चार्ज विज्ञान इटानी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य कमल सिलवाल, सिद्धलेक गाउँपालिका भलिबल संघका अध्यक्ष सन्दिप थापा मगर, लीलानाथ थपलियालगायतको उपस्थिति रहेको थियो ।
सो अधिवेशन कमला शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।