लघुवित्तको सेयरमा लगानीकर्ताको उच्च आकर्षण
लघुवित्तको सेयरमा लगानीकर्ताको उच्च आकर्षण
    • बेल संचार

    • १२ असार २०८०, मंगलवार

काठमडाौं ।

लघुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

मंगलबार नेप्सेमा लघुवित्त कम्पनीका सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि भएको छ ।

कारोबार बन्द हुने आधाघण्टा अगाडि २ः३० सम्म नेप्सेमा लघुवित्त उपसूचक ८.६८ प्रतिशतले वृद्धि हुँदा २० वटा लघुवित्त कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट मूल्यमा पुगेका छन् ।

नेप्सेमा ५८ वटा लघुवित्त कम्पनीका सेयरमूल्य कारोबार भएकोमा ५८ वटैको सेयरमूल्य बढेको छ ।

लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्से पनि ४६.६६ अंकले बढेर २१७६.०८ को विन्दुमा पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित