काठमाडौं ।
विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।
यूएईसँगको खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् ।
जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।
कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।
विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो ।
अहिलेको खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ ।