जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय वसन्ती गिरीसँग भागरे विवाह गरेको १ साता भएको छ ।
मुकुन्द र वसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन पछि दलित केटाको घरमा एक्कासी आगो लागेको मुकुन्दका माइला दाई भरत नेपालीले बताएका छन् ।
भाईले अन्तरजातीय बिहे गर्नु र त्यसको चारदिन पछि आगो लाग्नु संयोग नभएर केटी पक्षका दाईले योजना बनाएर घरमा आगो लगाएको हो । भनेर किटानी दिने तयारी गरेका छौं ।
२० वर्षीय मुकुन्दले उमेर नखुलेकी युवतीसँगै प्रेम पछि अन्तरजातीय विवाह गरेको सथानिय हरु बताउछन् ।
केटी पक्षले भने अनुसार हाल उनिहरु बाँके जिल्लामा छन् । वसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफुहरु बाँके आएको आफन्तलाई फोनमा भनेका छन् ।
तीन तलाको घर जलेर पुरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन् ।
क्षतिको विवरण निकाल्दै छौं गिरीले भने , घटनाको थप अनुसन्धान भइरहेको छ ।