काठमाडौं ।
भारतका विभिन्न ठाउँमा लगातारको वर्षासँगैको बाढीले जनजीवन प्रभावित भएको छ ।
बाढीका कारण दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अविरल वर्षापछिको बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ।
हिमाचलमा ११, उत्तर प्रदेशमा ८, उत्तराखण्डमा ६, दिल्लीमा ३, जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा २–२ जनाको मृत्यु भएको समाचार उल्लेख छ ।
पछिल्लो २४ घण्टामा मात्रै बाढी पहिरोमा परेर २३ जनाले ज्यान गुमाएका छन् ।