काठमाडौं ।
एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत बिहीवारबाट शुरु भएको प्रतियोगितामा अहिले दुई खेल जारी छन् ।
पहिलो खेलमा श्रीलंका र बंगलादेश भिडिरहेका छन् । नेपाली अम्पायर बुद्धिबहादुर प्रधानले खेलाइरहेको यो खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै राम्रो शुरुवात गरेको छ ।
त्यस्तै यो खेलमा भारत र ओमानका अम्पायर पनि छन् ।
३२ ओभरको समाप्तिमा श्रीलंकाले ३ विकेट क्षतिमा १८५ रन कटाएको छ । त्यस्तै, अर्को खेलमा अफगानिस्तान र ओमान पनि भिडिरहेका छन् ।
ओमानविरुद्ध पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानले २५ ओभरमा १ विकेट गुमाउँदै १३५ रन जोडेको छ ।
नेपाल बाहेकका टेस्ट टोलीले प्रतियोगितामा सबै सिनियर टोली पठाएका छैनन् ।
उनीहरूले ए टोलीमात्रै पठाएका छन् । नेपाल यो प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको टोलीमा भारत र पाकिस्तान छन् ।
यी दुवै देशले पनि ए टोली मात्रै पठाएका छन् । यही समूहमा यूएई पनि पनि छ । नेपालको पहिलो खेल राष्ट्र पाकिस्तानसँग शुक्रवार हुँदैछ ।