चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक
चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक
    • बेल संचार

    • २९ असार २०८०, शुक्रबार

चितवन ।

चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ ।

नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना जारी गर्दै कक्षा ११ मा बिहानी सत्रमा भर्ना नलिन र पठनपाठनसमेत नगर्न भनेका छन् ।

नगर क्षेत्र भित्रका कुनै पनि विद्यालयलाई कक्षा ११ बिहानमा सञ्चालन गर्न अनुमतिसमेत नदिइएको सूचनामा उल्लेख छ ।

नगरपालिकाले विद्यालय सञ्चालन भएको दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने उल्लेख गरेको छ ।

बिहानी कक्षा सञ्चालन गर्ने विद्यालयले अनिवार्य रुपमा ६ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेमा नगराएको पाइएकोले बिहानी कार्यक्रम हटाइएको नगर प्रमुख प्रलाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘विद्यालयले ६ घण्टा पढाउनुपर्ने पढाएनन्, गुणस्तर पनि कायम भएन, दोहोरो तलब खाने प्रवृत्ति पनि देखियो ।’

उनले दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने बताए ।

साताकाे चर्चित
सम्बन्धित