पशुपति , कुलेन्द्र र कोमललाई निर्णायक लिएर ‘दोहोरी आइकन’ हुँदै
पशुपति , कुलेन्द्र र कोमललाई निर्णायक लिएर ‘दोहोरी आइकन’ हुँदै
    • बेल संचार

    • १ श्रावण २०८०, सोमबार

काठमाडाैं ।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ ।

शोको केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने जानकारी दियो ।

यो शोमा लोकगायिका कोमल वली, लोक गायकद्वय पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।

घोषणा कार्यक्रममा तीनैजना निर्णायकसँगै समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक कृष्ण रेउले, गायक दीपक खड्का लगायतको उपस्थिति थियो ।

‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित