काठमाडौं ।
नयाँ आर्थिक वर्ष लागेपछिको लगातार दोस्रो दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले वृद्धि हुँदा २१५४.०७ को विन्दुमा बन्द भएको छ ।
सोमबार ४७.०७ अंकको उच्च वृद्धि भएको नेप्से बढ्ने क्रमले लगातार तेस्रो दिन पनि निरन्तरता पाएको हो । गत बिहीबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन र हाइड्रोपावर सहितको उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।
यता होटल तथा पर्यटना उपसूचकमा १.४५ प्रतिशतले गिरावट हुँँदा विकास बैंक उपसूचक पनि ०.८८ प्रतिशतले गिरावट भएको छ । मंगलबार नेप्सेसँगै कारोबार पनि बढेको छ । सोमबारको तुलनामा कारोबार रकम करिब १ अर्ब भन्दा माथिले वृद्धि भएर ३ अर्ब ५४ करोड ८८ लाख पुगेको छ । सोमबार २ अर्ब ५६ करोड १ लाखको कारोबार भएको छ । जसमध्ये स्वालम्बन लघुवित्तको सेयर सर्वाधिक २१ करोड ७७ लाखले कारोबार हुँदा शिवम् सिमेन्टको १७ अर्ब ९९ करोडको कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये बिडिडब्लु लघुवित्तको सेयरमूल्य १० प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै शुभम् पावर कम्पनीको सेयरमूल्य ८.८९ प्रतिशशतले बढेको हो ।
यता हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट हुँदा विन्धवासीनी हाइड्रोपावरको सेयरमूल्य ३.२६ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ३.१६ प्रतिशतले गिरावट भएको हो ।