काठमाडौं ।
लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ ।
मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।
मंगलबार होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ ।
मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ ।
२ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
नबिल डिभेञ्चर, बीपीडब्लू लघुवित्त, सानिमा डिभेञ्चर, सिटिजन्स बैंकसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई, एभरेष्ट बैंक, कुमारी बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।