जुम्ला ।
जुम्लाको हिमा गाउँपालिकामा रहेको हिमा आधारभूत विद्यालयलाई सुस्वा संस्थाले सरसफाइका सामाग्री बिहीबार हस्तान्तरण गरेको छ ।
नेपाल सरकार फिनल्यान्ड सरकार युरोपियन युनियन र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता सुस्वाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
रुमाल १ सय वटा, बस १ सय वटा, मञ्जन १ सय वटा साबुन १० वटा, नङकाट ५० वटा, पुछा ६ वटा खरेटो ७ वटा, डस्विन ठुलो , हारपिक ७ वटा, फिल्टर ६ वटा, बाल्टी १० लिटर ५ वटा, बाल्टी २० लिटर ५ वटा, ब्रस स्टेन ५ वटा, फिनरल ६ वटा, डस्विन सानो ६ वटा, बोटल ५ वटा र मग ६ वटा सरसफाइका सामाग्री आयोजना सहयोग इकाई सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायाको हातबाट हस्तान्तरण गरिएको सुस्वा वास सयोजक सुविता शाहीले बताउनु भयो ।
शाहीका अनुसार हिमा आधारभूत विद्यालय कोईरेलीको शौचालय निर्माण कार्य सम्पन्न भई सरसफाइका सामाग्री हस्तान्तरण गरेको उनले भनिन् । अब हाम्रो लक्ष्य यस हिमा आधारभूत विद्यालय कोईरेलीलाई तीन तारा पद्धतिमा लैजान सरसफाई तथा स्वच्छता सहयोग पुर्याउने लक्ष्य रहेको शाहीले बताइन् ।
यसरी हाम्रो विद्यालयलाई सहयोग गर्दै आउनु हुने सुस्वा र हिमा पालिका सरकारलाई सो विद्यालयका प्राधानाध्यापक महेश रावलले बधाई तथा धन्यवाद दिनु भयो ।
हिमा गाउँपालिकाको वडा नम्बर २ मा रहेको हिमा आधारभूत विद्यालय काईरेली मा सानो विद्यालय तर चिटिक्क परेको सुन्दर विद्यालय बनाउनमा प्रअ रावल लागि परेका छन् । अहिले यो विद्यालयको शैक्षिक गुणस्तर हेर्न र भौतिक रुपमा हेर्दा सामाजिक सञ्जालमा भाइरल भएको देखिन्छ । यो विद्यालय हिमाकै नमुना विद्यायलको रुपमा चिनिन्छ । तर नमुना विदयालय भनेर घोषणा भएको छैन् ।
विद्यार्थी , शिक्षक विद्यालयको पोसाकमा हेर्दा सुन्दरी रमणीय देखिन्छन् । खानेपानी , शौचालय र विद्यालयका भवन पनि हेर्दा मनै खुसी देखिन्छ ।