जुम्ला ।
आर्थिक वर्ष २०७९ र ०८० मा जुम्लाको हिमा गाउँपालिकाले ७ भन्दा वढी गाउँमा ८ सय ४ घरधुरीमा खानेपानी पहुँच पुगेको छ ।
बड्की गाउँमा १ सय ६६ घरधुरी , बाजागाडा १३६ घरधुरी , पातरखोला ७६ घरधुरीमा , बाघबजार २४ घरधुरीमा र कुडु , सिम्तली , जार्जीमा ४०२ घरधुरीमा घर घरमा खानेपानी पुगेको छ ।
नेपाल सरकार , हिमा गाउँपालिका , फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता समन्वय आयोजक ९ सुस्वा ० अन्तर्गत हिमाका झन्डै ७ वटा भन्दा वढी गाउँका ८ सय ४ घरधुरीमा खानेपानीको पहुँचमा पुगेको हिमा गाउँ पालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनु भयो ।
अध्यक्ष शाहीका अनुसार वडा नम्बर ४ र ७ मा भने , हिमा सरकारले ४ सय २ घरधुरीमा खानेपानी पुर्याएको हो । र अन्य गाउँमा संस्था सँग साझेदारी गरेर घरघरमा खानेपानीका धारा पुर्याएका छौं ।
शाही भन्नु हुन्छ । आफू निर्वाचित भएको पहिलो आर्थिक वर्षमा ८ सय भन्दा बढी घरधुरीमा खानेपानीको सुविधा जनतालाई दिएको छु । अझै मेरो कार्यकाल सकिन्जेल सम्म हिमा गाउँपालिका सबै गाउँ गाउँमा खानेपानी पुर्याउने लक्ष्य लिएको छु , शाहीले बताए ।
हिमा गाउँपालिकाका जनतालाई नदी , खोला , कुला , नाउलाको खानेपानीबाट वञ्चित बनाएर , एक घर एक धाराको पानी खानको पहुँचमा राख्नको लागि शाही लागि परेका छन् ।
हिमा गाउँपालिकामा शाही जस्तो युवा जनप्रतिनिधि पाउँदा हिमावासी गौरव ठान्दछन् । यसरी घर घरमा खानेपानीको धारा पाउँदा हिमावासी खुसी व्यक्त गर्दछन् ।
निर्माण कार्य सम्पन भएका गाउँका खानेपानीका धारा शाही आफै गएर उद्घाटन गर्नु भएछ ।