जुम्ला ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ को चुढिल्यामा आई एन एफद्वारा एप्पल गार्डेन होमस्टे स्थापना गरिएको छ ।
आई एन एफ नेपाल जुम्ला शाखाद्वारा सञ्चालित सृजना परियोजनाको आर्थिक सहयोग , कसंम नाटक घरको समन्वय तथा सहजिकरण र कनकासुन्दरी गाउँपालिकाको समन्वयमा एप्पल होमस्टे स्थापना गरिएको छ ।
आर्थिक वर्ष २०७९ र ०८० को बजेटले व्यवसायी बिमल बुढालाई एप्पल होमस्टेको लागि छनोटमा पर्नु भएको आई एन एफ नेपाल जुम्ला शाखा सृजना परियोजना अधिकृत भगवती शाहीले बताउनु भयो ।
व्यवसायी बुढालाई ३ लाख ८० हजारको सहयोगमा डाइङ्गनिक टेवुल २ वटा , टिटेबुल ४ वटा , बेडसेट ८ वटा ,काउण्टर १ वटा , होमस्टेको घर रङ्गरोवन र दक्ष मिस्रीलाई ज्वाला समेत दिएको अधिकृत शाहीले बताइन् ।
मुख्य गरेर स्वदेश र विदेशबाट रारा घुम्न आउने पर्यटकलाई बास बस्नको लागि एप्पल गार्डेन होमस्टे बनाइएको व्यवसायी निर्मल बुढाको भनाई छ ।
उनका अनुसार आफ्नै आर्थिक लगानीले बनाउन सम्भावना नभएकाले आई एन एफ नेपाल जुम्लाले मलाई आर्थिक सहयोग गरेकोमा संस्थादेखी म खुसी भएको छु ।
अझै होमस्टेका लागि भौतिक सामान जोड्दै जाने छु । र आएका पाहुनाको मन सन्तोषजनक बनाएर होमस्टेले पठाउने छ, बुढाले भन्नु भयो ।
होमस्टेको उद्घाटनमा कसंम नाटक घरले स्थानीय पोसाकमा र खस भाषाबाट विभिन्न नृत्य देखाएको थियो ।
एप्पल गार्डेन होमस्टेको औपचारिक रुपमा कनकासुन्दरी गाउँपालिका कावा अध्यक्ष बिष्णु बडुवालले उद्घाटन भर्नु भएको थियो ।
होमस्टेका प्रोप्राइटर निर्मल बुढा र उनकी श्रिमती निर्मला बुढालाई अवलोकन भ्रमणमा लिने पनि आई एन एफ नेपाल जुम्ला शाखाले जनाएको छ ।