जुम्ला ।
मिनिट्रकका चालकको लाफर्वाहीका कारण कनकासुन्दरी गाउँपालिकामा राष्ट्रिय विधुतको लाइन जोड्न पोल चढेका कन्न रावतको पोल ढलेर गम्भीर घाइते भएका छन् ।
घाइते हुने कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित मालािकावोताका ४५ वर्षीय कन्न रावत रहेका छन् ।
ट्रकको टायरमा तार बेटरिएको छ । भन्दा भन्दै नसुने झै गरी चालकले गाडी चलाएर तारलाई लछारपछार गर्दै पोल समेत ढालेका हुन् , स्थानीयको भनाई रहेको छ ।
राष्ट्रिय विधुतको लाइन जोड्न पोल चढेको बेला सड्कमा तार थियो , गाडी चालकलाई तार छ । सड्कमा भन्दा व्यवास्था गरेर नसुने झै गरी टायरमा तार बेरिएर पोलसँगै भुइँमा रावत खस्दा घाइते भएको सँगै भएका साथी कर्ण रावतले बताए ।
उनका अनुसार गाडी चालकलाई टायरमा तार बेटरीएको छ । भनेर सुट्टी हाल्दा , ठुलो आवाजले कराउँदा , गाडी रोक्नको लागि हात दिदा र गाडीको पछाडि दौडिएर चालकको झ्याल नजिकै पुगेर खोक्न खोज्दा पनि चालकले घाडी रोक्न नमाने पछि विधुतको पोलसँगै रावत भुइँमा खसेर टाउको चोटमा चोट लागेको घाइतेका साथी कर्ण रावतले बताए ।
ना. ५ ख . १८८४ नम्बरको मिनिटरकका चालक अमर वहादुर राजी र सहचालक दान वहादुर राजी रहेको प्रहरी चौकी गोटिजिउलाले जनाएको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेको उपचारको लागि भारतको लखनउमा उपचार भइरहेको छ ।