चीनका लागि जासुसी गरेको आरोपमा दुई जना अमेरिकी नौसैनिकलाई पक्राउ
चीनका लागि जासुसी गरेको आरोपमा दुई जना अमेरिकी नौसैनिकलाई पक्राउ
    • बेल संचार

    • १९ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

चीनका लागि जासुसी गरेको आरोपमा दुई जना अमेरिकी नौसैनिकलाई पक्राउ गरिएको छ।

बिबिसीका अनुसार २६ वर्षका वेनहेङ झाओ र २२ वर्षका जिनचाओ वेईले अमेरिकी जलसेनाका संवेदनशील सूचनाहरू चीनलाई दिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो।

दुबै जनालाई बुधबार क्यालिफोर्नियाबाट पक्राउ गरिएको हो। अमेरिकी सैनिकका संवेदनशील तस्बिर र भिडिओहरू दिएको बदलामा झाओले चिनियाँ एजेन्टबाट १५ हजार डलर पैसा लिएको देखिएको छ भने वेईले पनि अमेरिकी राष्ट्रिय सुरक्षाका गोप्य सूचना हजारौं डलर लिएर चिनियाँ एजेन्टलाई दिएको बताइएको छ।

उनीहरू दुबै जनालाई फरक-फरक मुद्दा चलाइएको छ। दोषी ठहर भएमा वेईलाई २० वर्षको जन्मकैद सजाय हुन सक्छ भने झाओलाई अधिकतम् २० वर्षसम्म जेल सजाय हुन सक्छ।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित