जुम्ला ।
सिँजा गाउँपालिकाको वडा नम्बर २ स्थित पर्ने रोप्नी जनजागृती आधारभूत विद्यालय रनुखानामा जीर्ण भवनमा विद्यार्थीलाई पठनपाठन गरिरहेका छन् ।
विद्यार्थीलाई बस्नको लागि कक्षाकोठाको अभाव छैन । तर विद्यालयका सबै भवन पुराना भएकाले जीर्ण कोठा भित्र पठनपाठन गर्नु पर्ने प्राधानाध्यापक जयशंकर चौलागाईंले बताउनु भयो ।
प्रधानाध्यापक चौलागाईंका अनुसार विद्यार्थी सङ्ख्या ३७ जना रहेको शिक्षक २ जना, इसिडी १ जना र कार्यालय सहयोगी सहित ४ जना कर्मचारी रहेको विद्यालयमा ३ वटा भवनका ११ वटा कोठा, १ शौचालय र खानेपानी समेत रहेको छ । उनले भने, ११ वटा कोठा भएता पनि प्रयोगमा ७ वडा मात्र छन् । २ भवन एक तलाका छन् । भने १ भवन दुई तलाको छ । दुई तलाको ४ कोठे भवन भत्किएर प्रयोगमा छैन् चैलागाईले बताए ।
उक्त विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पुसे सार्की भन्नु हुन्छ । विद्यालयको भौतिक, शैक्षिक अवस्था ठिक छ । तर भवन मात्र १५ वर्ष अगाडिकै भएकाले पुराना जीर्ण भएका छन् । विद्यायलको सेराफेरोमा बाढीपहिरोको जोखिम छ, सार्कीले बताए ।
हामीलाई बस्नको लागि कक्षाकोठा छ । बस्ने कोठा चुहिदैन् । कोठाभित्र कार्पेट बिछ्याएको छ । पानी पर्दा मात्र जस्तापाताको आवाज आएर पढाइमा समस्या गरेको छ । घाम लागे बोल्छ । तर कहिल्यै पनि पानी चुहिएको छैन् । कक्षा ५ का विद्यार्थीले बताउनु भयो ।
मेरो छोरा यहि विद्यालयमा पढ्छ । म कहिले काँही विद्यालयमा पुर्याउन, ल्याउन जान्छु । र विद्यालको रेखदेखसँगै छोराको पढाई बारे बुझ्न जाँदा कोठा चुहिएको देखेकी छैन् । अभिभावक तारा सार्कीले बताइन् ।
जुन सामजिक सञ्जालमा यो विद्यालयमा अनियमितता, भ्रष्टाचार, छुइने कक्षाकोठा, भनेर शिक्षा मन्त्रालय सम्म पुगेर आफ्नो विद्यालयको जीर्ण जोखिम अवस्थाबाट बचाउन र विकासका लागि माग लिएर जानु राम्रो हो । तर विद्यालयलाई अन्यक थरिका आरोप लगाएर मन्त्रालयमा पत्र बुझाइएको छ । यो गलत झुट्टा भएको प्रधानाध्यापकको भनाई छ । प्रत्येक वर्ष सामाजिक लेखा परिक्षण गरेर लेखा परिक्षण गरेका छौं । र सार्वजनिक सुनाई कार्यक्रममा अभिभावकलाई विद्यालयको भौतिक, शैक्षिक र आय व्यायको प्रष्ट रुपमा सुनाएका छौं । कसरी भ्रष्टाचार, अनियमितता गरेका छौं । चौलागाईंले बताउनु बताए ।
मेरो वडाको विद्यालय बाढीपहिरोको जोखिम अबस्थामा छ । अर्को ठाउँमा सार्नेको लागि जग्गा खोजिरहेको छु । वडा अध्यक्ष तिर्थ वडले भन्नु भयो । यो विषय सम्बन्धि कार्यपालिकामा पनि राखिसकेको र कार्यपालिका बैठकमा पनि पास भएको अध्यक्ष वडले बताए ।
विद्यालयमा बस्नको लागि कोठाहरु छन् । तर पुराना जीर्ण जोखिम अवस्थाका छन् । विद्यार्थीलाई बस्नको लागि राम्रोसँग कार्पेटको व्यवस्था भएको विद्यालय छ । खानेपानी शौचालय पनि विद्यायमा भएको र नियमित रुपमा खाजा खुवाएको देखिन्छ ।
विद्यालयको तलिपट्टी हिमा नदीले कटान गरेर डर लाग्ने भएको छ । अर्को तर्फ विष्टवाडाबाट आउने खोलाले बारम्बार विद्यालयको क्षति गर्दै आएको छ । पहिले विद्यालय भएको ठाउँ भने एकदमै वाढीपहारोको जोखिम ठाउँमा रहेको थियो । अहिले विद्यालय भएको ठाउँ भने सुरक्षित देखिए पनि अझै बाढीपहिरोको जोखिममा विद्यालय रहेको छ ।
५९ सालमा पहिरोले पुरै विद्यालय बगाए पछि, विद्यालय अर्को ठाउँमा सारेको थियो । बगाएको ठाउँमा फेरी १ वटा दुई तलाको ४ कोठे भवन ७० सालमा लगाएर कम्तिमा २ वर्ष सम्म विद्यालयले प्रयोग गरेको थियो । अहिले त्यो भवन आदा भाग भत्किएर जोम अवस्थामा रहेको छ ।
विद्यालयमा रहेका अरु भवन भन्दा यो भवन राम्रो चिट्टिक परेको छ । तर बत्किएकोले गर्दा प्रयोग नै छन् । गत सालको असोज १९ गते देखि २३ गतेको अविरल वर्षाले गर्दा पहिले विद्यालय भएको ठाउँको प्रखाल समेत भत्काएको । यो खोलाले मानिसको ज्यान समेत लिएको छ ।