कञ्चनपुर ।
कञ्चनपुरको स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ ।
भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो । चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए ।
“भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ”, उनले भने, “नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भए पनि सकुशल उद्धार गर्न सफल भयौँ ।”