काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको वृद्धि हो ।
बिहीबार होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक वृद्धि देखिएको छ । सो परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको हो ।
बजारको इण्ट्राडे चार्ट हेर्दा बजार २ बजेर १५ मिनेट तिर जाँदा उच्च विन्दु हासिल गरेको थियो ।
बिहीबार कूल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच भएको छ ।
कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
बिहीबार अभियान लघुवित्तको सर्वाधिक सेयर मूल्य वृद्धि भएको छ । अभियान लघुवित्तको सेयर मूल्य ९ दशमलव ०९ प्रतिशतले वृद्धि हुँदै ७८० कायम भएको छ ।
सर्वाधिक मूल्य घट्नेमा हिमालयन लघुवित्त रहेको छ ।
कम्पनीको बजार मूल्य ६ दशमलव ५३ प्रतिशतले घट्दै ६१६ रुपैयाँ पुगेको छ । बिहीबार सोल्टी होटल लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
सोल्टी होटलको १६ करोड ९५ लाखको कारोबार हुँदा बजार मूल्य ४६१ दशमलव ७० पुगेको छ ।