काठमाडौं ।
स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
मुख्य प्रशिक्षक जाभी र खेलाडी राफिन्हाले रेड कार्ड पाएको खेलमा बार्सिलोनाले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।
३२ वर्षीय उनी यही समरमा सिटी छाडेर बार्सिलोना पुगेका थिए ।
गेटाफेका गास्टोन अल्भारेजलाई फाउल गरेपछि राफिन्हाले ४२औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
यस्तै रेफ्रीको निर्णयको बारेमा असहमति जनाएपछि प्रशिक्षक जाभीले ७०औं मिनेटमा रातो कार्ड पाएका थिए ।
गेटाफेका जेइम माटाले पनि ५७औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड पाएपछि दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।