झण्डै ५० वर्षपछि अगाडि बढेको रुसको चन्द्रमा मिसन ‘फेल’
झण्डै ५० वर्षपछि अगाडि बढेको रुसको चन्द्रमा मिसन ‘फेल’
    • बेल संचार

    • ३ भाद्र २०८०, आईतवार

काठमाडौं ।

झण्डै ५० वर्षपछि अगाडि बढेको रुसको चन्द्रमा मिसन ‘फेल’ भएको छ ।

लुना– २५ नाम दिएर पठाइएको यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने प्रयासका क्रममा दुर्घटनामा परेको हो ।
उक्त मानवरहित यानलाई सोमवार अवतरण गराउने तयारी थियो ।
अवतरण गर्नुअघिको कक्षमा पुगेपछि यानमा समस्या देखिएको थियो । समस्या देखिनेबित्तिकै सम्पर्कविच्छेद भएको अधिकारीहरूले बताएका छन् ।
सन् १९७६ यता रुसको यो पहिलो चन्द्रमा मिसन थियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान अवतरण गराउन सकेका छैनन् ।

भारतको चन्द्रयान- ३ पनि दक्षिणी ध्रुवमा अवतरण गर्न प्रयासरत छ ।

साताकाे चर्चित
सम्बन्धित