जुम्ला ।
मुगुको खत्याड गाउँपालिका वडा नम्बर ५ स्थित लमेरा गाउँका नन्द वहादुर बुढाको मालुवा चरा भन्ने ठाउँमा भिरबाट ढुङ्गा खसेर टाउकोमा लागेर बिहीबार घटना स्थलमै मृत्यु भएको छ ।
२६ वर्षीय बुढा घरबाट भेडी गोठाला जाने क्रममा बाटोमा हिड्दा हिड्दै माथि भिरबाट ढुङ्गा खसेर टाउकोमा लागेर मृत्य भएको छ ।
घरबाट ३ दिन अगाडि गोठाला गएका बुढा भेडी खर्क ढुङ्गेखाडा नपुगि बाटैमा मृत्यु भएको बुवा नाता पर्ने परिमल बुढाले बताउनु भएको छ ।
मृतकको टाउकोमा गहिरो चोट लागेर मृत्यु भएको हो । छोराको मृत्युमा कोही कसै माथि सङ्का आसङ्का छैन् ।
भनेर आफ्नै दासंस्कार गर्ने ठाउँमा शव जलाएको बुवा परिमल बुढाले बताए ।
बुवाका अनुसार घरबाट भेडी खर्क जान्छु भनेर घरबाट पठाएको तर ३ दिन पछि भेडी खर्क नपुगे पछि खर्कमा रहेका गोठालाले घर फोन गरेर नन्द आएको छैन ।
भेडा चराउन भन्दा गाउँलेले खोजी कार्य गर्दा मालुवा चरा भन्ने ठाउँमा मृत अवस्थामा भेटिएको थियो ।