क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलन
क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलन
    • बेल संचार

    • १० भाद्र २०८०, आईतवार

 काठमाडौं ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलन गरिरहेको नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले मन्त्रीहरूको सवारी आवागमनमा अवरोध गरेको छ।

आइतबार बिहान ८ देखि ९ बजेसम्म मन्त्री निवास पुल्चोकबाट बाहिरिने र भित्रिने मन्त्रीहरूका गाडी अवरोध गरेको अनेरास्ववियुका प्रवक्तासमेत रहेका सचिव प्रकाश पौडेलले जानकारी दिए।

मन्त्रीको सवारी रोक्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सीसमेत चलेको थियो।

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० साउन २५ को निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएको भन्दै अनेरास्ववियुले श्रृंखलावद्ध आन्दोलन गर्दै आएको छ।

साताकाे चर्चित
सम्बन्धित