बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना  
बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना  
    • बेल संचार

    • २० भाद्र २०८०, बुधबार

उदयपुर

उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताउनुभयो । विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित