समान पहुँच नेपाल द्धारा भब्य तिज विशेष कार्यक्रम सम्पन
समान पहुँच नेपाल द्धारा भब्य तिज विशेष कार्यक्रम सम्पन
    • बिर बहादुर राना

    • २३ भाद्र २०८०, शनिबार

काठमाडौं ।

समान पहुँच नेपालद्वारा आयोजित हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम आज नागार्जुन नगरपालिका  ९ परिकार बैंकुट स्युचाटारमा सप्पन्न भएको समान पहुँच नेपालका अध्यक्ष सबिता खड्काले जानकारी दिइन् ।

समान पहुँच नेपालकी अध्यक्ष सबिता खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक डिल कुमारी अर्याल तथा विशेष अतिथि पुर्व जनप्रतिनिधि दिल कुमारी थापा थिइन् ।
कार्यक्रममा अध्यक्ष शखड्काले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताइन् । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्‍याउने विश्चास पनि उनले व्यक्त गरिन् ।

सोही अवसरमा महिला दिदीबहिनीहरुद्वारा सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उद्घोषण समान पहुँच नेपालकी महासचिव शान्ता बस्यालले गरेकी थिइन् । साथै मौलिक तिज गीत लेखेर पनि सुनाएकी थिएन ।

तीज विशेष शुभ कामना आदान प्रदान कार्यक्रममा
८० भन्दा बढि महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । यस संस्थाले हरेक बर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

समान पहुँच नेपाल संस्थाले लामो समयदेखि महिलाहरुको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले महिलाहरुलाई विभिन्न सिपमुलक तालीम, महिला नेतृत्व बिकास सम्बन्धि तालिम दिने गरेको छ ।

 

 

 

 

 

साताकाे चर्चित
सम्बन्धित