काठमाडाैं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरूले जनता–जनता भिडाउन खोजेको आरोप लगाएका छन् ।
सो अभियानको उनले उद्घाटन नै गरेका थिए । साथै, कार्यक्रममा सहभागी भएका थिए ।
साथै, पूर्वराजा शाहले झापातिर विभिन्न भेटघाट गरेर वर्तमान व्यवस्ताप्रति असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।
यस्तै विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले आज क्रान्तिको भूमि (झापा) आएर पूर्वराजा गर्जिनुको कुनै औचित्य नरहेको बताएका हुन् ।
केहीदिनअघि मात्र राजधानी काठमाडौंमै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आफूलाई राजावादी बताउने श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
यस विषयलाई लिएर पनि प्रधानमन्त्री प्रचण्ड राजावादीप्रति आक्रोशित देखिएका छन् ।