अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त : चित्रबहादुर केसी
    • Bell Sanchar

    • २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले २०७२ सालमा दलहरूबीच सहकार्य र सामञ्जस्यता कायम नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अध्यक्ष केसीले नेम्वाड्डको कानुनको क्षेत्रको गहन अध्ययन, बौद्धिक क्षमता तथा सामन्तवादविरुद्धको ऐक्यबद्धताले नै संविधान निर्माणमा भूमिका खेल्न सम्भव भएको बताएका छन् ।

मुलुकलाई गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहने अध्यक्ष केसीले उल्लेख गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित