काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन् ।
एसियाडमा जाने खेलाडीहरुको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको बताए ।
उनले भने, ‘केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु ।’
उनले आफ्नो चीन भ्रमणका क्रममा खेल पूर्वाधार निर्माणलाई एजेण्डा बनाउने समेत बताए ।