बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने   
     बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने   
    • Bell Sanchar

    • २९ भाद्र २०८०, शुक्रबार

मकवानपुर,

बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ ।

आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित