काठमाडौं ।
केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।
यो विधेयकमा रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रस्तावित व्यवस्थाप्रति सांसदहरुको ज्यादा चासो छ । यही विषयसँग सम्बन्धित २५ वटा संशोधन प्रस्ताव परेको छ ।